बझाङमा जिप दुर्घटना : चालकको मृत्यु
बझाङ –बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी जिल्लाको सुर्मा गाउँपालिका –४ घर भएका जिप चालक कुन्दन बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिका– ८ की २५ वर्षीया विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
चैनपुर–दौलिचौर भित्री सडक खण्डमा बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ १७:५९
प्रतिक्रिया दिनुहोस्




