Sagun Khabar
चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं क्षेत्रमा चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् । सोमबार देहीमाण्डौं ज्वाँकट्टेका मानसिंह धामीलाई गोठालो गएको बेला चितुवाले आक्रमण गरेको थियो । 

घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमण गरेको हो । अरु गोठालाहरु पनि संगै भएकाले चितुवालाई धपाएका थिए । बस्ती नजिकै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका देहीमाण्डौंका स्थानीय कृष्णबहादुर बोहराले बताए । 

दिनदहाडै चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका बोहराले बताए । बस्ती नजिकै आएर चितुवाले आक्रमण गर्नथालेपछि समस्या भएको उनले बताए । 

जंगलबाट आहाराको खोजीमा आएको चितुवाले मानिसमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि सचेतता अपनाउनुपर्नेमा स्थानीय भगीरथ लावडले जोड दिए । उनले भने ‘जंगल नजिक एक्लै जानु भएन् । स्थानीयहरुले सचेतना अपनाउनु आवश्यक छ ।’

चितुवाको बासस्थान नष्ट भएका कारण मानवबस्तीमा देखिन थालेको जानकारहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update