Sagun Khabar
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बिष्ट, जिल्ला अध्यक्ष भट्टसहितका नेता एमालेमा फर्किए 

बैतडी –नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट एमालेमा फर्किएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको शुभारम्भ कार्यक्रमको अवसरमा गोठलापानीमा आयोजना गरिएको आमसभामा एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर बिष्टसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् । 

यस्तै एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट पनि एमालेमा फर्किएका छन् । यस्तै एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी पनि एमालेमा फर्किएका छन् । एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै उनीहरुलाई कांग्रेसलाई कारवाही गरेको थियो । 

यस्तै सुर्नया गाउँपालिका वडा नं २ का निवर्तमान वडा अध्यक्ष हर्कबहादुर पाण्डेले पनि एमालेमा प्रवेश गरेका छन् । यसअघि राप्रपामा रहेको उनी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टीमा प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update