Sagun Khabar
देश बनाउने जिम्मा एमालेले लिन्छ : अध्यक्ष ओली 

बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा नेकपा एमालेले लिने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको झुलाघाटमा उद्दघाटन गरेपछि गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश निर्माणको अभियान अन्तर्गत संकल्प यात्रा सञ्चालन गरिएको बताए । उनले भने ‘देश बनाउने जिम्मा नेकपा एमालेले लिन्छ । हाम्रो यात्राको क्रममा स्थानीय जनतासंग सम्वाद गर्ने र राष्ट्रिय सन्देश दिने अभियान हो ।’

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचानका नाममा देशलाई विभाजन गर्ने खेल भइरहेको भन्दै त्यसलाई एमालेले नस्वीकार्ने बताए । यस्तै वर्तमान सरकारका कारण अर्थतन्त्र ओरोलो लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले अस्थिर राजनीतिको कारक पनि अहिले सरकार भएको दाबी गरे । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी जिल्ला धार्मिक,पर्यटकीय र अन्य हिसाबले महत्वपूर्ण सम्भावना बोकेको जिल्ला रहेको बताउँदै अध्यक्ष ओलीले मध्यपहाडी क्षेत्रको विकासका लागि सम्वाद गर्ने हेतुले अभियानको थालनी गरेको बताए । 

नेकपा एमाले सार्वभौमसत्ता, स्वाधिनताको रक्षाका लागि सदैव लडिरहेको बताउँदै अध्यक्ष ओलीले जनताको हितका निम्ति काम गर्न आफूहरु लागिपरेको बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको दाबी गरे । 

गणतन्त्रको विरोध गर्ने काम भइरहेको उल्लेख गर्दै ओलीले अब पछाडि फर्कन र रैति हुन नसक्ने धारणा राखे । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update