Sagun Khabar
बैतडी कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्यो 

बैतडी–नेपाली कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल तथा बैठक गरेको छ । पार्टीबाट निर्वाचित भएका जिल्ला समन्वय समितिका प्रमुख तथा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्षहरुसंग छलफल गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । 

पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गरेर कसरी अघि बढ्ने भन्ने बिषयमा बैठकमा छलफल भएको उनले बताए । यस्तै स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले गरिरहेको कामका बिषयमा समेत समीक्षा भएको उपसभापति बिष्टले बताए । उनले भने ‘हामीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग बैठक र छलफल गरेका छौं । आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई जनतालाई केन्द्र बिन्दुमा राखेर कसरी काम गर्न सकिन्छ र अहिले सम्मको अभ्यासका बिषयमा बैठकमा छलफल भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

यस्तै पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति, पालिका सभापति र जनप्रतिनिधिहरुबीच पनि संयुक्त बैठक गरिएको उपसभापति बिष्टले बताए । 

बैठकले पुस मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र माघ मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ । यस्तै प्रत्येक पालिकामा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत भएको उपसभापति बिष्टले बताए । 

कांग्रेस बैतडीको जिल्ला कार्यसमितिको बैठक भोलि बस्ने तय भएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update