Sagun Khabar
डोटीमा युवक मृत्यु प्रकरण : तीन जना पक्राउ 

डोटी–डोटीको दिपायल–सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मङ्गलवार बिहान दिपायल–सिलगढी नगरपालिका–५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रण लिएको हो । साथै उनको हत्या गरिएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन् । घटनाको पाँच दिन भइसक्दा पनि प्रहरीले अझै हत्यारालाई कानुनको दायरामा ल्याउन नसकेको मृतकका भाइ डिल्ली भट्टले गुनासो गरे । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनले दाइको हत्या नै भएकाले प्रहरीले छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए । मृतकका आफन्तले हत्यारा पत्ता लगाई न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् । पोस्टमार्टम गरिएको समीरको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए । बिहीवार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update