Sagun Khabar
पिएम कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप महिला टि– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । रितु कनौजियाको कप्तानी १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

कप्तान रितुसंगै पिंकी बोहरा,आरती बोहरा,जानकी थापा,संगिता मौनी,करिष्मा थापा छनौट भएका छन् । 

यस्तै निर्मला भण्डारी,रितु बुडाल,ममता बोहरा,रबिना बोहरा,बसन्ती बोहरा,लक्ष्मी महर,रेनु पेला र ममता चन्द पनि अन्तिम १४ लागि छनौट भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

टोलीमा निर्मला रावल,ईश्वरी भण्डारी,पुनम मल्ल र ममता लावड वैकल्पिक खेलाडीका रूपमा छनौट भएका बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा ३ दिन छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोलीमा परेका हुन् । 

छनौट भएको टोलीले सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटमा सहभागिता जनाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नेछन् ।

प्रदेशस्तरीय छनौट प्रतियोगिता यहि मंसिर २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए ।

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update