Sagun Khabar
डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जना कारागार चलान

डोटी –डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ । घटनामा संलग्न एक जनालाई भने बाल सुधार केन्द्र सिलगढीमा पठाएको छ ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको बडीकेदार गाउँपालिका–२ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि कारागार चलान गरेकोे हो ।

अर्का एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाइएको प्रहरी नायव निरीक्षक नारायणसिँह नेगीले बताए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update