Sagun Khabar
मृत भेटिएका युवाको एक महिनापछि दाह संस्कार

डोटी – डोटीमा मृत भेटिएका युवाको एक महिनापछि दाहसंस्कार गरिएको छ । गएको मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका ३० वर्षीय युवा समीर भट्टको एक महिनापछि अन्तिम संस्कार गरिएको हो । 

मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किएर घरतिर गएका समिरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो । समीरको हत्या भएको भन्दै आफान्तहरुले शव बुझ्न मानेका थिएनन् । घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन दवाव दिने भन्दै शव बुझेका थिएनन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार जिल्ला अदालत डोटीले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि बिहीबार आफन्तहरुले शव बुझेर दाह संस्कार गरेका छन् ।

आफन्तहरुको किटानी जाहेरीका आधारमा प्रहरीले मंसिर १३ गते दिपायल सिलगढी नगरपालिका–५ का राम बिष्ट, देवराज बिष्ट र लक्ष्मण बिष्टलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएपछि सरकारले वकिल कार्यालयमार्फत उनीहरुलाई अदालतमा पेश गरेको थियो । अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update