Sagun Khabar
बालमैत्री नगरपालिका बनाउन अभिमुखीकरण 

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन बालबालिकाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । दशरथचन्द नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नगरस्तरीय बाल सञ्जालका संयोजक उमेश बडूले बताए । 

दुईदिन सम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा बालसञ्जालमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको छ । बालअधिकारका बिषयमा जानकारी दिने र बालमैत्री घोषणाका सूचकहरुका बारेमा जानकारी दिने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बडूले बताए । 

अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले दशरथचन्द नगरपालिकालाई बालमैत्री घोषणाका लागि पहिलादेखि नै पहल भइरहेको बताए । यसमा बालबालिकाहरुको पनि साथ आवश्यक रहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update