बैतडी –आफ्नो मुखाकृती सहित भ्रमात्मक अश्लिल भिडियो सामाजिक सञ्जालमा प्रसार गरिएकोप्रति सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीका स्वकीय सचिव चक्रप्रसाद शर्माले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एक ध्यानाकर्षण पत्र जारी गर्दै उनले भारतीय अपरिचित वाट्सप कल रिसिभ गर्दा आफ्नो मुखाकृती जोडेर अश्लिल भिडियो बनाई सामाजिक संजालमा प्रसार भइरहेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
भिडियो पुस १४ गते प्रसार गरिएको भएपनि आफू घरमा भएकाले उक्त कुरा ढिलो थाहा पाएको बताए । वाट्सप कल गर्ने आफूलाई भारतीय बताउने एक महिलाले शर्मासँग १ लाख भारु मागेको र नदिएपछि भिडियो इडिट गरि जसरी पनि बद्नाम गर्नसक्ने धम्की दिदै आएको शर्माले बताए ।
पटक–पटक अपरिचित नम्बरबाट भिडियो कल आएको र आफूले रिसिभ गरेपछि आफ्नो मुखाकृति जोडेर अश्लिल भिडियो बनाएको शर्माले बताए । ती महिला र उनको गिरोहले पैसा नदिएपछि चरित्र हत्या गर्ने उद्देश्यले भिडियो प्रसार गरेको शर्माको भनाइ छ ।
उनले भने ‘मलाई एक अपरिचित नम्बरबाट धेरैपटक वाट्सप कल आयो, कोरैछ भनेर रिसिभ गर्दा हिन्दी भाषामै के–के बोल्न थालिन् अनि मैले फोन काटेपछि मलाई पैंसाको माग गरिन, सोही दिन पैसा नदिए भिडियो बनाउने धम्की समेत दिएकी थिइन्, मैले वास्ता गरेन, त्यो भ्रमित भिडियो बनाउने गिरोहनै रहेछ ।’
शर्माले आफुलाई बदनाम गर्ने र आर्थिक असुली गर्ने नियतले उक्त भिडियो बनाएको र उक्त भिडियोमा कुनै सत्यता नरहेको बताएका छन् । उक्त भिडियोमा कुनै सत्यता नभएको भन्दै कुनै अपरिचित भारतीय नम्बरबाट कल आएमा रिसिभ नगर्न समेत शर्माले सुझाव दिएका छन् ।
आफूले उक्त भिडियो बिषयमा कानुनी उपचार समेत खोजी रहेको समेत शर्माले प्रष्ट पारेका छन् ।
यस्तो छ शर्माको ध्यानाकर्षण पत्र–





