बैतडीका एक पुरुष डडेल्धुरामा मृत फेला,घटना संकास्पद ।
बैतडी-बैतडीका एक पुरुष डडेल्धुरामा मृत फेला परेका छन् । बैतडीको दशरथ चन्द नगरपालिका वडा नं ३ का ३५ बर्षिय नरेश नाथ मृत अवस्थामा फेला परेका हुन ।
डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ८ मा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिईएको छ ।
नाथ लामो समय देखि श्रीमती संग डडेल्धुरा बस्दै आएका र उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको सुन्नमा आएको र श्रीमती बाटै घटना भएको हुनसक्ने स्थानीयले बताएका छन ।
मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव गृहमा राखिए र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरिक्षक कुसुम नायकले बताए ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १४:४४
प्रतिक्रिया दिनुहोस्




