Sagun Khabar
बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना

बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । बुधबार पञ्चेश्वर गाउँपालिका ०४  आम्चौराबाट मेलौली तर्फ आउदै गरेको जिप  दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिन जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक नन्दराज जोशीले जानकारी दिए । ना २ च ४५५१ नम्बरको जिप गाउँपालिकाको कार्यालय नजिक सैलोडामा दुर्घटना भएको हो ।  

घइते तिनै जनालाई प्राथमिक उपचारका लागी आमचौरा स्वास्थ चौकीमा पठाइएको उहाँले बताए । घटना के कति कारणले भएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक जोशीले बताए ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update