बैतडी- बैतडीको सुर्नया गाउँपालिका –३ स्थित वाशुदेव आधारभुत विद्यालयको ७४ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शम्भु प्रशाद भट्ट प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । उक्त समारोहमा विद्यालयको भौतिक तथा शैक्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको सोहि विद्यालयका शिक्षक नन्दराज भट्टले जानकारि दिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका छात्रछात्राहरुले स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएको विद्यालयले जनाएको छ ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।




