Sagun Khabar
बैतडी जिल्ला अदालतका न्यायधिश पनेरु उच्च अदालतमा नियूक्त

बैतडी - बैतडी जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुलाई उच्च अदालतमा नियूक्त गरिएको छ ।  न्याय परिषद्ले  पनेरुसहित उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

बुधवार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको जनाइएको छ ।

पनेरु संगै जिल्ला अदालतका न्यायाधीशबाट २७ जना उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । यस्तै  बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवासमेत गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update