Sagun Khabar
न्यूनतम सेवामापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल बैतडीले ९३ प्रतिशत अंक पायो 

बैतडी– न्यूनतम  सेवामापदण्ड अनुगमन मूल्याङ्कनमा जिल्ला अस्पताल बैतडीले ९३ प्रतिशत अंक प्राप्त गरेको छ । सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय र निक साइमन इन्ष्टिच्युटले संयुक्त रुपमा गरेको अनुगमन मूल्यांकनका क्रममा जिल्ला अस्पतालले ९३ प्रतिशत अंक प्राीत गरेको हो। 

अस्पतालमा उपलब्ध भौतिक संरचना, स्वास्थ्य सेवा लगायतका आधारमा हरेक ६÷६ महिनामा अनुगमन गर्ने गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । 

गत बर्ष ९५ प्रतिशत अंक ल्याएर देशभरीमै उत्कृष्ट बनेको जिल्ला अस्पताल बैतडीले यो बर्षको ६ महिनामा भने ९३ प्रतिशत अंक ल्याएको छ । 

जनशक्ति अभाव र क्यान्टिनको व्यवस्थापन लगायतका कारणले गत बर्षभन्दा यो बर्ष केही कम अंक प्राप्त भएको डा. विकले बताए । 

जनशक्ति अभाव लगायतका कारणले गत वर्षको तुलनामा यो वर्ष न्युनतम स्वास्थ्य सेवा मापदण्डमा केही प्रतिशत अंक कम आएको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले बताइन्  । 

जिल्ला अस्पताल बैतडीमा २२ जनाको दरबन्दी रहेकोमा अहिले १२ जना मात्रै पदपूर्ती भएको छ । अन्य करारका स्टाफहरुमा राखेर काम गर्नुपरीरहेको अस्पतालका प्रमुख डा. विकले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update