बैतडी–बैतडीका विद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको छ । कक्षाको कोर्स भन्दा फरक ज्ञानका लिनका लागि सहज होस भनेर दशरथचन्द नगरपालिका २ स्थित निङ्गलाशैनी मावि र निङ्गलाशैनी आवासीय माविका विद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको हो ।
सर्भिङ फ्राइण्डस इन्टरनेश्नल र सेवक मित्रले विद्यार्थीहरुलाई पुस्तक वितरण गरेको हो । उक्त संस्थाले ६ बर्ष पहिला खोलेको पुस्तकालयमा रहेका करीब ३ हजार २ सय पुस्तक विद्यार्थीहरुलाई वितरण गरेको सेवक मित्रका संयोजक प्रकाश बोहराले बताए ।
पुस्तकालयमा रहेका निबन्ध, कथा, जीवनशैली, बालविकास सिकाइ, स्वास्थ्य सम्बन्धी जानकारी, इन्साइक्लोपिडिया, सामान्इ ज्ञान, गीत, कविता, चुट्कीला र विज्ञान सम्बन्धी ज्ञान भएका पुस्तकहरु वितरण गरिएको हो ।
बालबालिकाहरुलाई आफूले पढ्ने कक्षा बाहेकको ज्ञान आर्जन गर्न सहज होस भनेर पुस्तक वितरण गरिएको संयोजक बोहराले बताए ।
सेवक मित्र संस्थाको सहकार्यमा पुस्तकालय स्थापना गरिएकोमा कार्यक्रम सकिएपछि बालबालिकाहरुले नै राख्ने गरेर उनीहरुलाई पुस्तक वितरण गरिएको छ । बिहीबार दुवै विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पुस्तक हस्तान्तरण गरिएको बोहराले बताए ।




