Sagun Khabar
पिएम कप क्रिकेट : कैलालीको दोस्रो जित, बझाङ बाहिरियो

बैतडी –प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत  इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई १०६ रनले हरायो । 

जितका लागि पाएको २१२ रनको लक्ष्य पछ्याएको बझाङ २६.५ ओभरमा १०६ रनमा समेटियो । जसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाएपनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले ३,धर्म जोशी र डमेर सुनारले २÷२ विकेट हात पारे। 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने  भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो । 

टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा ६ विकेटको क्षतिमा २११ रन बनायो । उसका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन हिर्काए । बझाङका अशोक धामीले २ विकेट लिए । 

कैलालीका टेक रावत म्यान अफ द म्याच  चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए । 

योसंगै   कैलाली ३ खेलमध्ये दुईमा जित निकाल्दै ४ अंक जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ । लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट  बाहिरिएको छ। कैलालीले अब अन्तिम खेल आइतबार बैतडी र बझाङले शुक्रबार अन्तिम खेलमा अछामसंग भिड्नेछ ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि  शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update