Sagun Khabar
डडेल्धुरामा मृत फेला परेका बैतडीका नाथको हत्या आरोपमा उनकै श्रीमती पक्राउ 

बैतडी –डडेल्धुरामा बुधबार मृत फेला परेका बैतडीका नरेश नाथको हत्या आशंकामा उनकै श्रीमती पक्राउ परेकी छन् । बैतडीको दशरथचन्द नगरपालिका–३ का ३५ वर्षीय नरेश नाथ हिजो (बुधबार) मृत अवस्थामा फेला परेका थिए । उनी डडेल्धुराको अमरगढी नगरपालिका–८ मा मृत फेला परेका थिए । 

नाथको हत्या आरोपमा उनकी श्रीमती २८ बर्षीया पशुपति नाथ पक्राउ परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक नायकले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update