Sagun Khabar
भारतले नेपाललाई टी–२० विश्व कप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने

काठमाण्डौ – भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

जयशङ्करले ट्वीट गरी नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको र नेपालमा क्रिकेटको विकासका लागि पनि सहयोग गर्ने बताएका छन् । 

उनले हिजो बेलुका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीलाई भेटेका थिए । नेपालले यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्दैछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update