Sagun Khabar
बैतडीमा चन्दा संकलनबाट कलालिङ्ग मन्दिरमा भौतिक संरचना निर्माण 

बैतडी – बैतडीमा स्थानीयहरुले चन्दा संकलन गरेर कलालिङ्ग मन्दिरमा भौतिक संरचना निर्माण गरेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमस्थित मन्दिरमा भौतिक संरचना निर्माणका लागि १० लाख ७२ हजार चन्दा संकलन भएको स्थानीय युवा तेजबहादुर भण्डारीले बताए । 

भण्डारीकै अगुवाई मन्दिर परिसरभित्र भौतिक संरचना निर्माणका लागि चन्दा संकलन गरिएको हो । यस्तै स्थानीयहरुले उक्त मन्दिरभित्र भौतिक संरचना निर्माणका लागि श्रमदान समेत गरेको भण्डारीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चन्दाबाट संकलन भएको रकमले कलालिङ्ग मन्दिर क्षेत्रमा प्रवेशद्वार, शिवालय, घेर पर्खाल, शौचालय, स्नान गृह र मन्दिर प्रांगण निर्माण गरिएको भण्डारीले बताए । उक्त रकम दोगडाकेदार गाउँपालिका १ रीम घर भई अहिले स्वदेश र विदेशका विभिन्न स्थानमा रहेका व्यक्तिहरुबाट संकलन भएको बताइएको छ । 

शिक्षक समेत रहेका स्थानीय युवा तेजबहादुर भण्डारीको अगुवाईमा गएको साउन १ गतदेखि कलालिङ्ग मन्दिरमा भौतिक संरचना निर्माणका लागि चन्दा संकलन अभियान शुरु गरिएको थियो । 

स्थानीय धर्म,संस्कृति, मूल्य र मान्यताहरुको संरक्षणका लागि आफूहरुले अभियान सञ्चालन गरेको भण्डारीले बताए । स्थानीय युवाहरुले सञ्चालन गरेको अभियानमा आफूहरुको समेत साथ रहेको दोगडाकेदार गाउँपालिका वडा नं १ का वडा अध्यक्ष नवराज जोशीले बताए । 

कलालिङ्ग मन्दिर क्षेत्रभित्र अझै केही संरचना निर्माण गर्न बाँकी रहेकाले अभियान जारी रहेको भण्डारीले बताए । मन्दिर परिसरभित्रै भोजन गृह निर्माण गर्न बाँकी रहेकाले आफूहरुको अभियान जारी रहेको उनले बताए । 

Kalaling Gajur Final1704436903.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update