Sagun Khabar
बैतडीमा महिला हत्या प्रकरण : अभियुक्त तेजबहादुर पुर्पक्षका लागि कारागार चलान 

बैतडी–बैतडीमा घरेलु हातहतियार प्रयोग गरेर महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेका तेजबहादुर चन्दलाई  पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

गएको मंसिर २६ गते सुर्नया गाउँपालिका –३ बिजुलकी ५६ बर्षीया हरिना बिष्टको हत्या भएको थियो । सोही ठाउँका तेजबहादुर चन्दले एक्कासी घरमा पसेर हसिया लगायतका घरेलु हतियारको प्रयोग गरेर उनको हत्या गरेका थिए । 

गएको मंसिर २६ गते नै चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । कर्तव्य ज्यान मुद्दामा चन्दमाथि अनुसन्धान गरेर उनलाई अदालत पेश गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

पौष दोश्रो साता उनलाई अदालतले  पुर्पक्षका लागि कारगार चलान गरेको प्रहरी निरीक्षक केसीले बताए । 

चन्दले दुईतीन बर्ष अगाडि गाउँमै स्थानीयहरुले पालेका गाईभैंसी समेत मारेका थिए । 
 
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update