Sagun Khabar
डिलाशैनीमा इएफटी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुरु 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले इएफटी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाभरीका लाभग्राहीहरुको खातामा रकम जमा गर्ने प्रणालीको शुरुवात भएको डिलाशैनी गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले बताए । 

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सामाजिक सुरक्षा भत्ता इएफटी प्रणालीमार्फत नै भुक्तानी गर्नुपर्ने नियम बनाएपछि पालिकाले लाभग्राहीहरुको खातामा रकम जमा गरेको जोशीले बताए । 

चालु आर्थिक बर्षको दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता इएफटी प्रणालीमार्फत भुक्तानी गरिएको हो । 

डिलाशैनी गाउँपालिकामा ४ हजार ४ सय ७४जना सामाजिक सुरक्षा भत्ताका लाभाग्राही रहेका छन् । उनीहरु सबैको खातामा रकम जमा भइसकेको जोशीले बताए । 

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको खातामा जमा गरिसकेको र अब प्रत्येक वडामा भुक्तानी शिविर सञ्चालन गरेर उनीहरुको हातहातमा उक्त पुर्याइने जोशीले बताए । 

सम्बन्धित बैंकसँग समन्वय गरेर आगामी माघ ४ गतेदेखि वडाहरुमा भुक्तानी शिविर सञ्चालन हुने जोशीले बताए । लाभग्राहीहरुले आफ्नो खातामा जमा भएको सामाजिक सुरक्षा भत्ता गाउँमै प्राप्त गर्न सकुन् भनेर भुक्तानी शिविर सञ्चालन गरिने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update