बैतडीका एक किशोर धनगढीबाट बेपत्ता
बैतडी –बैतडी घर भएका एक किशोर धनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १५ बर्षीय मोहित कुँवर शुक्रबार बिहानदेखि बेपत्ता रहेका उनका बुवा अमरबहादुर कुँवरले बताए ।
धनगढीको एलान्इस इन्टरनेश्नल मोडेल कलेजमा कक्षा ११ मा अध्ययनरत कुँवर शुक्रबार बिहान कोठाबाट विद्यालय जान्छु भनि निस्केका र त्यसपछि उनी बेपत्ता रहेका पारिवारिक श्रोतले बताएको छ ।
सन्तोषी टोलमा कोठा गरेर आफ्नै दाजुसँग बस्दै आएका मोहित हराएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिइसकेको कुँवरले बताए । मोहितले बोकेको मोबाइलको स्वीच अफ गरिएको छ ।
कसैले मोहितलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८०६४७६ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १६:०३
प्रतिक्रिया दिनुहोस्





