Sagun Khabar
पिएम कप क्रिकेट छनौट :अछामको सान्त्वना जित

बैतडी –प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत  इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो । 

जितका लागि पाएको १४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो । उसका सनम बुढाथोकीले २१,सुशील रावल र अशोक धामीले १५÷१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने  भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो । 

टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८.४ ओभरमा १३९ रनमा अलआउट भयो । जसमा कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे। बझाङका भरत चन्द,सुशील रावल र प्रकाश रोकायाले २÷२ विकेट लिए ।

अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए ।

 यो जित संगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने  पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नुपर्नेछ । 

प्रतियोगिता अन्तरगत शनिवार बैतडी र कञ्चनपुर प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि  शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update