धनगढीबाट हराएका बैतडीका मोहित फेला परे
बैतडी –धनगढीबाट हराएका बैतडीका मोहित कुँवर फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १५ बर्षीय कुँवर हिजो (शुक्रबार) बिहानदेखि हराइरहेका थिए ।
उनी धनगढीमै सकुशल फेला परेका उनका काका दिपेन्द्रबहादुर कुँवरले बताए । शनिबार बिहान उनी पढ्ने एलान्इस इन्टरनेश्नल मोडेल कलेजको गेट नजिकै फेला परेका हुन् ।
सन्तोषी टोलमा कोठा गरेर आफ्नै दाजुसँग बस्दै आएका मोहित हराएपछि उनको खोजतलास गरिएको थियो । उनले आफू नेपालगञ्ज गएको र फेरि धनगढी फर्किएको बताएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० १६:०६
प्रतिक्रिया दिनुहोस्




