Sagun Khabar
पुर्चौंडीले वडामै पुगेर योजनाको सम्झौता गर्ने 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले वडामै पुगेर चालु आर्थिक बर्षमा सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने भएको छ । आइतबारदेखि वडामै पुगेर योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । 

आइतबार वडा नं १० को कार्यालयमा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । यस्तै पौष २३ गते वडा नं. ९ को कार्यालयमा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । 

वडा नं २ र ३ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम यही पौष २४ गते विणेश्वर माविमा गरिनेछ भने वडा नं ४ र ५ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम पौष २५ गते वडा नं ५ को कार्यालयमा गरिने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

यस्तै पौष २६ गते वडा नं ६ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम वडा कार्यालयमा सञ्चालन गरिने पुर्चौंडी नगरपालिकाले जनाएको छ । 

वडा नं १, ७ र ८ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम पौष २७ गते नगरपालिकाको कार्यालयमा सञ्चालन गरिने बताइएको छ । 

योजनाहरुको सम्झौताका लागि नगरबासीहरुलाई सहज होस भनेर वडाहरुमै गएर योजनाको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख दीपकबहादुर बमले बताए । 

Yojana samjhauta1704541294.jpg

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update