अपांगता भएका व्यक्तिहरुलाई कम्बल वितरण
बैतडी –बैतडीमा अपांगता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ । दशरथचन्द नगरपालिका १ स्थित अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रले १५ जनालाई कम्बल वितरण गरेको हो ।
शनिबार एक कार्यक्रमको आयोजना गरेर दशरथचन्द नगरपालिका १ झोकालीका अतिविपन्न दलित परिवार र अपांगता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले बताए ।
दुईजना अमेरीकी नागरिक ग्रुप वाक र केरी वाकले उपलब्ध गराएको कम्बल वितरण गरिएको अध्यक्ष भट्टले बताए ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० १७:४४
प्रतिक्रिया दिनुहोस्




