बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका– ३ स्थित विणेश्वर मावि नकालीको ४५ औं बार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुँवरले ६५ लाख २ हजार ६ सय ६२ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कक्षा १० सम्मको पढाई हुने विणेश्वर माविमा १४२ छात्र र १३२ छात्रा गरेर २ सय ७४ विद्यार्थी अध्ययनरत रहेका छन् ।
बार्षिकोत्सव समारोहमा बोल्दै पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले शिक्षा क्षेत्रको विकासका लागि नगर सरकारबाट गर्न सकिने सबै प्रकार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्चौंडी सचिव प्रेमबहादुर कुँवरले २२ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका छन् । गरीब, अपांगता भएका र टुहुरा बालबालिकाहरुलाई उनले न्यानो लुगा वितरण गरेको प्रधानाध्यापक कुँवरले बताए ।




