Sagun Khabar
पुर्चौंडी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि डिलेश्वरी माविलाई 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड डिलेश्वरी नमुना माध्यमिक विद्यालयले हात पारेको छ । 

डिलेश्वरी माध्यमिक विद्यालयले ११ स्वर्ण,४ रजत र ४ कास्यसहित १९ पदक जितेर प्रथम स्थान हासिल गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै प्रतियोगितामामा मालिका माध्यमिक विद्यालय भटनाले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेर दोश्रो भएको छ भने भूमिराज माध्यमिक विद्यालय कुवाकोटले ३ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेर तेश्रो भएको छ । 

यही पौष १८ गतेदेखि शुरु भएको प्रतियोगितामा नगरपालिकाभरीका १८ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । 

शनिबार समापन समारोहसहित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो । पुर्चौंडी नगरपालिका वडा नं –१ का वडा अध्यक्ष गणेशबहादुर गडालको अध्यक्षतामा भएको समापन समारोहमा नगर प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहेका थिए । 

विजेता खेलाडी र विद्यार्थीहरुलाई वडा अध्यक्ष गडाल, नगर प्रमुख बम लगायतका व्यक्तिहरुले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । 

नगरस्तरीय प्रतियोगिताबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाको टीम तयार हुने पुर्चौंडी नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update