बैतडी –लगातारको खडेरीले बैतडीका विभिन्न स्थानमा कलकल पानी बग्ने खोला सुकेका छन् । हिउँ पर्ने समयमा पानी समेत नपरेपछि खोलाहरु सुक्न थालेका हुन् । लगातारको खडेरीले जताततै प्रभाव पारेको सुर्नया गाउँपालिका ६ का गणेशदत्त अवस्थीले बताए । हिउँदे बर्षा नभएपछि कहिले नसुक्ने खोलाहरु समेत यो बर्ष सुकेका अवस्थीले बताए । उनले भने ‘कलकल पानी बग्ने खोलाहरु पछिल्ला बर्षहरुमा सुक्दै गएका छन् । यो बर्ष असोजदेखि अहिले सम्म पानी परेको छैन् । खडेरीले हरेक क्षेत्रमा प्रभाव पारेको छ ।’
लगातारको खडेरीले कहिले नसुक्ने खोलाहरु सुक्न थालेका मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए । खडेरीले बालीनाली सुक्नुका साथै खोलानालाहरु समेत सुकेका उनले बताए ।
खडेरीले स–साना खोलानालाहरु सुकेका मेलौली २ का नरीराम लुहारले बताए । हिउँदमा बर्षात नहुँदा खोलानालाहरु सुकेका उनले बताए । उनले भने ‘बर्षा नभएपछि खोलाहरु सुकेका छन् । खडेरीले धेरै ठूलो प्रभाव पारेको छ ।’
खडेरीका कारण खोलानालाहरु सुकेपछि वन्यजन्तुहरुलाई समेत पानीको अभाव भएको छ । पानी खोज्दै वन्यजन्तुहरु समेत मानवबस्ती आउन थालेका सुर्नयाका नवराज मडैले बताए । उनले भने ‘खडेरीले निकै समस्या भएको छ । खडेरीका कारण खोलानाला सुकेका छन् । ठूला नदीहरुमा समेत पानी कम भएको छ ।’
लगातारको खडेरीले सुर्नया नदीमा समेत पानी कम भएको सुर्नयाका स्थानीयहरुले बताएका छन् । खडेरीले गर्दा समस्या आउन थालेको स्थानीयहरुको भनाइ रहेको छ । सुर्नया नदीमा मिसिने सबै साना खोलाहरु सुकीसकेका सुर्नया ६ का नवराज अवस्थीले बताए । लगातारको खडेरीले खोलाहरु सुकेका हुन् ।
लगातारको खडेरीले कहिले नसुक्ने गोयली खोला सुकेको छ भने ठूलीपातल खोला पनि सुकेको उनले बताए । उनले भने ‘यो बर्षको खडेरीले कहिले नसुक्ने खोला पनि सुकेका छन् । खोलानाला सुक्दा पानीको अभाव भएको छ ।’




