Sagun Khabar
दोगडाकेदारमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । गाउँपालिकाको वडा नं ६ पञ्ज्यूनयाँस्थित खेलमैदानमा प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको हो । 

गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए । प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष पार्वती कार्की, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

यही पौष २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका ११ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् । 

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद ३० हजारसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने विद्यालयलाई नगद २० हजारसहित शिल्ड,ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै तेश्रो हुने विद्यालयलाई नगद १० हजारसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update