Sagun Khabar
सिगास गाउँपालिकाले शिवलिङ्ग प्रहरीचौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गर्यो 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले शिवलिङ्ग प्रहरीचौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । 

विपद् पूर्व तयारी र विपद् पश्चात आवश्यक पर्ने विभिन्न सामग्रीहरुलाई प्रहरीचौकीलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । विपद्को समयमा प्रहरीको सक्रियता बढी हुने भएकाले प्रहरीचौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको उनले बताए । 

अग्नी नियन्त्रण ग्यास, लाईफ ज्याकेट, ह्याण्ड माइक, रेनकोट, घैटी, बेल्चा लगायतका उपकरणहरु प्रहरीलाई उपलब्ध गराइएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । 

चालु आर्थिक बर्षमा पनि विपद् व्यवस्थापनका सामग्री खरीद गरिने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।

सिगास गाउँपालिका बाढी, पहिरो, आगलागी लगायतका प्रकोपहरु हुने गरेका छन् । विपद्का घटना हुन नदिन र भइहालेमा प्रभावितहरुलाई सहयोग गर्नका लागि पालिकाले तयारी गरिरहेको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update