Sagun Khabar
राष्ट्रियसभामा कांग्रेसले उम्मेदवारको टुङ्गो लगायो, ,सुदूरपश्चिमबाट भट्ट र बोहरा उम्मेदवार 

बैतडी – नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टुङ्गो लगाएको छ । लामो छलफल र विवादकाबीच कांग्रेसले आज बिहान उम्मेदवार चयन गरेको हो ।

कांग्रेसले सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्ट नेपाली कांग्रेस कैलालीका सभापति समेत रहेका छन् । 

यस्तै कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ ।

यस्तै, बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कर्णालीमा कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ । 

शेखर कोइराला पक्षले चारजना उम्मेदवार पाउनुपर्ने दाबी गरे पनि तीन जना पाएको छ । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update