Sagun Khabar
यौनिक तथा अल्पसंख्यकका बिषयमा अन्तरक्रिया 

बैतडी –बैतडीमा यौनिक तथा अल्पसंख्यकका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बैतडी सदरमुकाम गोठलापानीमा अन्तरक्रिया सम्पन्न गरिएको हो । 

यौनिक तथा अल्पसंख्यक नागरिकहरुको हक अधिकारका बिषयमा स्थानीय तहमा समेत नीति निर्माणमा सहज होस भनेर अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रियामा नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

यौनिक तथा अल्पसंख्यकहरुले अहिले पनि विभिन्न खालका समस्याहरु झेलीरहेकाले ती समस्याहरुलाई समाधान गर्नुपर्नेमा जोड दिइएको छ । 

सुदूरपश्चिममा अहिले सम्म १ सय ९९ जना यौनिक तथा अल्पसंख्यकहरु रहेका र उनीहरुले विभिन्न खालका समस्याहरु झेलीरहेका बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update