Sagun Khabar
दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मावि पिपलकोटलाई 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि वडा नं ४ स्थित श्रीकेदार मावि पिपलकोटले हात पारेको छ । पञ्ज्युनयाँ खेलमैदानमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै मावि पिपलकोटले उपाधि हात पारेको हो ।  

शिल्डसंगै उसले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा ५ स्वर्ण, ६ कास्य र ६ रजत पदक जितेको सनातन धर्म मावि श्रीकोट दोश्रो भएको छ । उसले नगद १५ हजारसहित शिल्ड, ट्रफी र प्रमाणपत्र हात पारेको छ । 

यस्तै भगवती मावि सित्तडले ४ स्वर्ण, ३ कास्य र ६ रजत पदक प्राप्त गरी प्रतियोगितामा तेश्रो भएको छ । उसले शिल्डसँगै ट्रफी र प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगिता समापन समारोहमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका व्यक्तित्वहरुले विजेताहरुलाई शिल्ड,पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update