Sagun Khabar
डिलाशैनीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । 

बिहीबार एक कार्यक्रमकाबीच वडा नं ५ स्थित हरिनगर खेलमैदानमा प्रतियोगिताको उद्दघाटन गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । गाउँपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्र बोहराको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा गाउँपालिकाभरीका १२ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । पौष २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायतका खेलहरु समावेश गरिएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । प्रतियोगिताले जिल्लास्तरीय प्रतियोगितामा सहभागिताका लागि पालिकाको टीम तयार गर्न सहज हुने प्रवक्ता भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update