Sagun Khabar
पाटनमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी –बैतडीको पाटन नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । वडा नं ६ स्थित कृष्ण माविका खेलमैदानमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । 

प्रतियोगितामा नगरपालिकाभरीका १५ ओटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगिता अन्तर्गत भलिबल,कबड्डी, एथलेटिक्स लगायतका खेलहरु खेलाइने पाण्डेयले जानकारी दिए । 

नगर प्रमुख गौरीसिंह रावलको अध्यक्षतामा भएको प्रतियोगिताको उद्दघाटन सत्रमा बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए । 

उद्दघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारी, पाटनका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update