Sagun Khabar
शिवनाथमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि नागार्जुन माविलाई 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन मावि शर्मालीले हात पारेको छ । 

१२ स्वर्ण र ३ रजत पदक जित्दै मावि शर्मालीले रनिङ शिल्डको उपाधि हात पारेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै ७ स्वर्ण, ५ रजत र ४ कास्य पदक हात पार्दै हिरापुर मावि बसेडीभ्वाँ दोस्रो र ३ स्वर्ण र ५ कास्य पदक हात पार्दै पिपलकोट मावि लोजनी तेस्रो भएको छ । 

यसैगरी मार्चपासमा शारदा मावि मटेला उत्कृष्ट भएको छ भने अनुशासनमा शिवपूर्ण मावि लामीखाल उत्कृष्ट भएको छ । 
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको थियो । प्रतियोगितामा पालिका भरीका ८ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेता विद्यालय तथा खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, उपाध्यक्ष शकुन्तला साउँद, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महता, मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनी लगायत व्यक्तिहरुले शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update