Sagun Khabar
बदेलको आक्रमबाट डोटीमा  एक महिलाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी-बदेलको आक्रमबाट डोटीमा  एक महिलाको मृत्यु भएको छ । डोटी बदेलको आक्रममा परेर घाइते भएकी बसीनाकी करिब ३५ वर्षीया जगुलीदेबी भुलको मृत्यु भएको हो । मंगलबार विहान ७२ वर्षीय भगी भुल र जगुलीदेबीलाई केआइसिंह गाउँपालिका–१ मा बदेलले आक्रमण गरेको थियो । 

दुबै जनालाई उचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेबीको बिच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए । भगी भुलको भने टाउँकोमा सामान्य चोट लागेको छ । विहान ९ बजे घर नजिकैको खेतमा घास काट्ने क्रममा बदेलले आक्रम गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update