Sagun Khabar
बैतडीको पञ्चेश्वरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको पञ्चेश्वरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको  छ ।  पञ्चेश्वरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारबाट   शुरु भएको हो । जवलपुर माबि सैलोडाको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको पालिकाका प्रवक्ता जनक बहादुर  चन्दले  जानकारी दिए।

 गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको उनले  बताए । यसैगरी उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, पाटन नगरपालिका उप–प्रमुख कमल बोहरा (अपि), मेलौली नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट बिशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, पालिका कर्मचारी, बिभिन्न विद्यालयका प्रधानाध्याप, शिक्षक लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो।   

 प्रतियोगितामा पालिकाभरीका ८ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुने  बताइएको  छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update