Sagun Khabar
बैतडीमा महिला क्रिकेट प्रतियोगीता शुरु 

बैतडी- बैतडीमा महिला क्रिकेट प्रतियोगीता शुरु भएको  छ । जिल्ल्को दशरथचन्द नगरपालिका–१० खडेनी स्थित पञ्चकोटी युवा क्लवको आयोजनामा  महिला क्रिकेट प्रतियोगीता आजबाट शुरु भएको हो ।

 प्रतियोगीताको बिहिबार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एक समारोहका बिच  उद्घाटन गरेका हुन् ।  बुढाबाजे खेल मैदानमा आयोजीत प्रतियोगीतामा ७ टीमहरु सहभागी रहेका छन् ।  प्रतियोगीताको पहिलो दिन सम्पन्न भएको खेलमा दशरथचन्द नगरपालिका वडा न. ८ ले विजय सुरुवात गरेको छ । वडा नं ४ र ८ बीच भएको खेलमा वडा नं ८ ले १०२ रन बनाएको थियो । जवाफी व्याटीङमा उत्रेको वडा नं ४ ले १५ ओभरमा ३ विकेट गुमाउँदै जम्मा ६० रन मात्रै बनाउन सक्यो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस खेलमा जानवी मौनी म्यान अफ द म्याच घोषीत भएको आयोजकले जनाएको छ ।उद्घाटन समारोहको सम्बोधन गर्दै क्यानका अध्यक्ष चन्दले खेल क्षेत्रका नाममा अनुचित ठाउँमा लगानी नगर्न स्थानियतहहरुलाई सुझाव दिएका छन् । उनले स्थानीय तहले खेल प्रतियोगीताहरु आयोजना गरेपनि अनुचित ठाउँमा बढी लगानी गरिरहेको बताए ।

क्लवको वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको क्रिकेट प्रतियोगीतामा प्रथम पुरस्कार ३० हजार तथा द्धितीय पुरस्कार १५ हजार सहित मेडल प्रमापत्र राखिएको छ । प्रतियोगीता १ हप्तासम्म सञ्चालन हुने बताइएको छ ।    

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update