डडेल्धुरामा फरार प्रतिवादी

डडेल्धुरा- डडेल्धुरामा फरार प्रतिवादी पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० ०९:३०
प्रतिक्रिया दिनुहोस्