Sagun Khabar
बैतडीः जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेलौलीमा हुने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेलौलीमा हुने भएको छ। जिल्ला खेलकुद समितिको आईतबार बसेको बैठकले यस वर्षको १४औँ     जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता  मेलौलीमा गर्ने निणर्य गरेको जिल्ला खेलकुद विकास  समितिका कार्यालय प्रमुख तर्कराज जोशीले  जानकारी दिए ।  बैठकले यहि माघ २६ गतेदेखी २८ गतेसम्म प्रतियोगिता गर्ने निणर्य गरेको उनले बताए ।

 जिल्ला प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते लगायतका खेलहरु हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने उनले बताए। जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेलौलीमा पहिलो पटक हुन लागेको हो। गत बर्ष पाटनमा सञ्चालन भएको थियो।

पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।  

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update