Sagun Khabar
हिटलरको छोटो जुंगाको रहस्य यस्तो छ

काठमाडौं - जब हामी नाजी तानाशाह हिटलरका विषयमा कुरा गर्छौँ, तब हाम्रो मानसपटलमा एउटा यस्तो व्यक्तिको तस्वीर आउँछ जसको अनुहार भावहीन छ । उसका ठूला ठूला आँखा र अनौठो र घना जुँगा । भनिन्छ कि हिटलरले यी जुँगा खौरिन अस्वीकार गरेका थिए । र, यहाँसम्म कि मृत्युको दिनमा समेत जब उनले बर्लिनमा सोभियत सैनिकको आक्रमणपछि आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरे, त्यसदिन पनि उनका जुँगाहरु चिटिक्क पारेर कलमी गरिएको थियो ।

एक निर्मम व्यक्ति हिटलरले ८० वर्षअघि सन् १९४५ को अप्रिल ३० मा आफ्नो भूमिगत फ्युहरर बंकरमा आत्महत्या गरेका थिए ।हिटलरर्स लास्ट डे ः मिनेट बाई मिनेट नामक पुस्तकमा हिटलरका रहस्यमय जुँगाका विषयमा केही रोचक तथ्यहरु उल्लेख गरिएको छ ।जोनाथन मेयो र एम्मा क्रेजीद्वारा लिखित उक्त पुस्तकमा लेखिए अनुसार मृत्युको केही सेकेण्ड पछि हिटलरका नाई अगष्ट वोलेनहट हिटलरको कपाल र जुँगा काटिदिनका लागि बेडरुममा पुगेका थिए ।

 

स्वास्थ्य सन्देश
Atrya hospital

 

 

 

 

वास्तवमा हिटलरका जुँगा उसका असमान्य रुपमा ठूलो नाकलाई छोप्नका लागि डिजाइन गरिएको थियो ।जुँगाको यस्तो शैलीको उत्पत्ति अमेरिकामा भएको हो । अमेरिकामा जुँगाको यस्तो स्टाइललाई टुथब्रस जुँगा भनिन्थ्यो ।चाहे चार्ली च्याप्लिन हुन् वा वाल्ट डिज्नी, यदि हामीले तस्वीर हेर्यौँ भने उनीहरुका जुँगा हिटलरकै जस्ता छन् ।हिटलरले टुथब्रस स्टाइलका जुँगा पाल्नुको कारण चाहीँ आफ्नो निकै ठूलो नाकको फेँदको केही हिस्सा जुँगाले छोपोस् र आकार त्यतिसारो ठूलो नदेखियोस् भन्नका लागि थियो ।

पुस्तकमा उल्लेख भए अनुसार हिटलरले सुरुदेखि नै जुँगाको यस्तो स्टाइल अपनाएका भने होइनन् । सुरुवातमा उनले आफ्ना बुवाले जस्तै ताउ लगाउने खालको ह्याण्डलबार स्याइटलमा जुँगा पाल्दथे ।द वर्ल्ड वार्स नामक एक हिस्ट्री च्यानल शो हेर्नुभयो भने थाहा हुन्छ कि हिटलरले ह्याण्डलबार जुँगालाई हटाएर टुथब्रस शैलीको जुँगा किन छनोट गरे ?उक्त शोमा बताइए अनुसार हिटलर जब युवा थिए र प्रथम विश्वयुद्धका क्रममा एक सैनिक थिए उनको ह्याण्डलबार जुँगाले ग्यास मास्कलाई कसेर बन्द हुनबाट रोक्दथ्यो । त्यसैले उनले त्यस्तो जुँगा काटिदिए ।

उक्त शोका कार्यकारी निर्माता स्टिफन डेभिडले द र्यापलाई बताए अनुसार उनले आफ्ना जुँगा खौरिन आदेश दिएका थिएनन्, वास्तवमा जब उनी अस्पतालमा थिए तब आफ्ना जुँगा खौरिए ।स्मरण रहोस् जब जर्मनीमा नाजी पार्टी सत्तामा आयो त्यसबेला हिटलरले आफ्नो टुथब्रस लुक्स जारी राखे । प्रथम विश्वयुद्धपछि यो स्टाइल यसरी ट्रेण्ड बनेर आयो कि प्रथम विश्वयुद्धपछि दोश्रो विश्वयुद्धसम्म यो फेसन नै बन्यो ।

– एजेन्सी ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update