Sagun Khabar
शिक्षा केन्द्र अमर माविको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका ७ स्थित शिक्षा केन्द्र अमर माविको ६६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । समारोहमा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट बिशिष्ट अतिथी रहेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

समारोहमा विद्यालयका प्रधानाध्यापक परमानन्द भट्टले १ करोड ३७ लाख ४८ हजार ३८९ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । विद्यालयको मुद्दती खातामा ४ लाख जमा रहेको समेत प्रधानाध्यापक भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ३ सय ८५ विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । 

बार्षिकोत्सव समारोहमा बोल्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले गाउँपालिकाभरीका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले पहल गरिरहेको बताए । 
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावक सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

बार्षिकोत्सव समारोहमा शिक्षा केन्द्र अमर माविको सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको स्थानीय प्रदीपकुमार जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update