प्रजातन्त्र दिवसमा जनश्रमदान
बैतडी –राष्ट्रिय प्रजातन्त्र दिवस बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । राष्ट्रिय दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा जिल्लामा विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन् ।
यस्तै दिवसको अवसर पारेर डिलाशैनी गाउँपालिका वडा नं ७ स्थित कर्णकेदार मन्दिरको भवन निर्माणका लागि स्थानीयहरुले श्रमदानमा ढुंगा बोकेका छन् । मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै मन्दिर निर्माणका लागि स्थानीयहरु ढुंगा बोकेर श्रमदान गरेको स्थानीय प्रदीपकुमार जोशीले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्




