Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका विद्यालय समायोजन गर्ने तयारीमा 

बैतडी- बैतडीको सुर्नया गाउँपालिका विद्यालय समायोजन गर्ने तयारीमा जुटेको छ । अगामी शैक्षिक सत्र पूर्व नै विद्यालय समायोजन गर्ने उदेश्यले गाउँपालिका अहिले विद्यालयहरुको अनुगमन गरिरहेको हो ।

समायोजन गर्नका लागि अहिले पालिकाका सामुदायिक विद्यालयहरुको अनुगमन थालिएको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले जानकारी दिए । विद्यालयहरुको अवस्था बुझन अनुगमन थालिएको उनले  बताए । ‘विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरुलाई अगामी शैक्षि सत्र पूर्व नै कक्षा हुन्छ अथवा तह हुन्छ मर्ज गर्नु  पर्छ , व्यवस्थित तवरले अगाडी बढ्नु पर्छ भन्ने उदेश्यले कार्यपालिकाबाट अध्यक्षजीको  अध्यक्षतामा समिति गठन गरेर अनुगमन  सुरु गरेकाहौँ, उनले भने ।’ विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरुलाई अगामी शैक्षिक सत्र पूर्व नै समायोजन गर्ने गरि तयारी भैरहेको उनले बताए ।

Atrya hospital

विद्यालयको अवस्था र विद्यार्थी संख्याको  आधारमा विद्यालयहरुको   तह र कक्षा समायोजन गरिने  बताइएको छ ।‘ विद्यालयको  अवस्था हेरेर मर्ज हुन्छ, तह मर्ज गर्ने   अवस्था छ भने त्यो गर्ने, त्यो सम्भव नभए कक्षा भएपनि मर्ज गर्नु पर्छ,उनले  भने। ’ यसले शिक्षक दरबन्दी मिलानका लागि पनि सहज हुने उनले  बताए । विद्यालय समायोजन गर्नका लागि कार्यपालिका बैठक बसेर समिति गठन गरिएको र सोहि समितिले अहिले अनुगमन सुरु गरेको हो  । अहिले  सम्म वडा नं २, ३ र ६ का ११ ओटा विद्यालय अनुगमन भइसकेका छन ।

अनुगमन गरिएका ११ विद्यालय मध्ये ३ विद्यालय समायोजन गर्नुे पर्ने अवस्थामा रहेका शिक्षा शाखा प्रमुख अवस्थीले बताए । ३९ ओटै सामुदायिक विद्यालयमा अनुगमन  गरिने र त्यसपछि प्रतिवेदन तयार पारेर कार्यपालिकामा पेश गरिने उनले बताए । अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यपालिकामा पेश गरेपछि कार्यविधि तयार पारेर विद्यालय समायोजन गरिने उनको भनाइ छ ।

यो महिना भित्र सबै विद्यालयमा अनुगमन सम्पन्न गरिसक्ने र प्रतिवेदन तयार पारेर कार्यपालिकामा पेश गरिने  शिक्षा शाखाले  जनाएको  छ । पेश गरिएको अनुगमन प्रतिवेदनमा माथि  कार्यपालिकामा आवश्यक छलफल गरेर कार्यविधि तयार हुने र तुरुन्तै  समायोजनको  प्रकृयामा जाने जनाइएको  छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update