Sagun Khabar
डोटीमा भारतको सहयोगमा क्याम्पस भवन बन्दै, दूतावासका सचिव सोनाले गरे शिलान्यास 

डोटी–डोटीमा भारतीय राजदूतावासको सहयोगमा एक क्याम्पसको भवन निर्माण कार्य शुरु भएको छ । बडीकेदार गाउँपालिका वडा नं १ विपीनगरस्थित केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसको भवन निर्माण कार्य शुरु भएको हो । 
भवन निर्माण कार्यको भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले एक कार्यक्रमकाबीच सोमबार शिलान्यास गरेका छन् । भवन शिलान्यास कार्यक्रममा बोल्दै सचिव सोनाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । सोही सम्बन्धका कारण भारतले नेपालको हितमा सहयोग गर्दै आएको उनले बताए । 

भारतले राजदूतावासमार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सचिव सोनाले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्नका लागि सबैले सहयोग गनुपर्ने प्रदेशसभा सदस्य शिवसिंह ओलीले बताए ।

दुईतले १७ कोठे भवन निर्माणको लागि भारतीय राजदूतावासको २ करोड ३३ लाख ६५ हजार ७ सय ९४ रुपैयाँ र बडीकेदार गाउँपालिकाको ९५ लाख ९८ हजार ९० रुपैँया गरी ३ करोड २९ लाख ६३ हजार ८ सय ८४ रुपैयाँ लागत रहेको गाउँपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update