Sagun Khabar
माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । तीन जनाको भने सकुसल उद्दार गरिएको छ ।

शिखर नगरपालिका ९ मा माटोको ढिस्कोले च्यापियर स्थानीय निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले बताए ।

घर पोत्नका लागि रातो माटो खन्ने क्रममा शनिबार दिउँसो तीनबजेतिर निर्मलाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update